
सुर्खेत ।सुर्खेतमा मिनिबस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
दैलेखको दुल्लु नगरपालिका–११ भुकाहाबाट सुर्खेत आउँदै गरेको मिनी बस शनिबार दिउँसो साढे १ बजे दुर्घटना भएको हो।
कर्णाली प्रदेश ०२ ००१ ख ०८५२ नम्बरको मिनिबस सुर्खेतको वीरेन्द्रनगर नजिकै सुर्खेत-दैलेख सडक खण्डमा दुर्घटनामा परेको हो ।
दुर्घटनामा परी दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। मृतकको सनाखत हुन सकेको छैन।दुर्घटनामा १६ जना घाइते भएको प्रहरीले जनाएको छ ।
घाइतेको कर्णाली केयर अस्पताल र प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी वीरेन्द्रबीर विश्वकर्माले जानकारी दिए।