
विराटनगर । प्रदेश योजना आयोग, कोशी प्रदेशको उपाध्यक्षमा झापाका डा.राजेन्द्र अधिकारी नियुक्त भएका छन् । सोमबार बसेको कोशी प्रदेश मन्त्रिपरिषद् बैठकले अधिकारीलाई नियुक्ति गर्ने निर्णय गरेको आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले जानकारी दिए ।
यस्तै बैठकले मुख्य न्यायधिवक्तको कार्यालयको वार्षिक प्रतिवेदन प्रदेशसभामा प्रस्तुत गर्ने निर्णय पनि गरेको उनको भनाइ छ । यसैगरी सांसद भक्ति सिटौला क्यानडा भ्रमणमा जाने भएकाले कूटनीतिक राहदानीका लागि प्रधानमन्त्रीको कार्यालयलाई सिफारिस गरी गराउने निर्णय भएको छ ।