![](https://sajhamanch.com/wp-content/uploads/2024/05/cricket-4.jpg)
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली तेस्रो अभ्यास खेलमा विनवार्ड्स भोलक्यानोजसँग ७४ रनले पराजित भएको छ । तीन खेलको शृङ्खलामा पहिलो र दोस्रो खेल जितेको नेपाल गएराति भएको तेस्रो तथा अन्तिम अभ्यास खेलमा पराजित भएको हो ।
जितका लागि २०६रनको लक्ष्य पछ्याएको नेपाल १७ ओभर दुई बलमा अलआउट भयो । नेपाल १३८ रनमा समेटियो । कप्तान रोहित पौडेलले ५३ रन बनाए । आशिफ शेखले २४ र सन्दीप जोराले २१ बाहेक नेपालका अरू खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् । तेस्रो खेलमा नेपालका दीपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी र अविनाश बोहोरा खेलेका थिएनन् ।
त्यसअघि सेन्ट भिसेन्टमा टस जितेर ब्याटिङ गरेको विनवाड्र्सले २०५ रन बनाएको थियो । पहिलो खेलमा नेपाल चार विकेट र दोस्रो खेलमा ४९ रनले विजयी भएको थियो । नेपाली टोली आज ह्युस्टन प्रस्थान गर्नेछ ।