
कमल । कमल गाउँपालिकामा मेलमिलापकर्ताहरुका लागि सञ्चालित क्षमता अभिवृद्धि सम्बन्धी तालिम समापन भएको छ ।
तालिममा न्यायिक समितिमा आएका उजुरीपछि दुवै पक्षको हित हुनेगरी मेलमिलाप गराउने सन्दर्भमा मेलमिलापकर्ताहरुलाई प्रशिक्षण दिइएको छ । तालिममा वडा अध्यक्ष, वडा सचिव र प्रत्येक वडामा गठित न्यायिक समितिका सदस्यहरु सहभागी थिए ।
तालिमको सहजीकरण जिल्ला न्यायाधीश तेजबहादुर खड्का, प्राकृतिक स्रोत तथा द्वन्द्व रुपान्तरण केन्द्र नेपालका स्रोतव्यक्ति संगीता थापा र चेतन विष्टले गरेका थिए ।
सो पालिका उपाध्यक्ष एवं न्यायिक समिति संयोजक प्रमिला न्यौपाने (तिवारी) को अध्यक्षता भएको तालिम समापनका क्रममा न्यायिक समिति सदस्य नविन राई र सहभागी मध्येबाट गौरा चापागाईंले अनुभव सुनाएका थिए ।