२०८२ चैत २२ आइतवार , ११:०१:१६ बजे

Sajhamanch
'

सञ्चार नीतिबारे छलफल गर्न झापामा मिडिया सम्मेलन शुरु

शनिवार, जेठ ५, २०८१

सुरुङ्गा । नेपाल पत्रकार महासंघ झापा शाखाले कनकाई नगरपालिकाको सुरुङ्गामा ‘मिडिया सम्मेलन’ शुरु गरेको छ ।

कोशी प्रदेशका आन्तरिक मामिला तथा योजनामन्त्री राम रानाले शनिवार उक्त सम्मेलनको उद्घाटन गरेका हुन् ।

कोशी प्रदेशका अधिकांश पत्रकारहरु सहभागी सम्मेलनमा राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष धमेन्द्र झा, नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्ट, विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईं, सूचना तथा प्रसारण विभागका निर्देशक भरत गौतम, नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष शिव गाउँले लगायत महासंघका १४ वटा जिल्लाका अध्यक्ष एवं प्रतिनिधिको उपस्थिति छ ।

सम्मेलनमा संघीयतामा सञ्चार नीति, नियत र नियति, ‘डिजिटल’ पत्रकारिता अवसर र चुनौती, पत्रकारिता र विज्ञापनका विषयमा सघन छलफल हुने नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीले बताए ।

सम्बन्धित खबर