
काठमाडौँ । मोरङको विराटनगरबाट प्रहरीले खैरो हेरोइनसहित एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको दुहबी नगरपालिका–२ बस्ने २२ वर्षीय चेतन गच्छदार छन् ।
उनको साथबाट ३१० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । भारतबाट नेपाल आउँदै गरेको प्रदेश–१–०२–०४९ प ५५८ नम्बरको मोटरसाइकल जाँच गर्दा उनको साथमा खैरो हेरोइन भेटिएको हो ।