२०८१ पौष ७, आइतवार , ०८:३८:५६ बजे

Sajhamanch
'

कोटेसन आह्वान गरिएको सम्बन्धमा

शुक्रवार, जेठ ४, २०८१

असल संस्कार र समृद्धिका लागि एनएमसी
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि.

NMC-COOP

कर्पाेरेट कार्यालयः मेचीनगर–६, काँकरभिट्टा

प्रथमपटक प्रकाशित मिति २०८१/०२/०४

संस्थालाई निम्न बमोजिमको सामग्री आवश्यक परेकोले उक्त सामग्री उपलब्ध गराउन इच्छुक बिक्रेताले निम्न शर्तहरु अन्तर्गत रही कोटेसन पेस गर्नुहुन आह्वान गरिन्छ ।

आवश्यक सामग्रीः

क्र.स.  सामग्री विवरण           क्षमता         आवश्यक संख्या                एसीको प्रकार                 विशेषता
१.         एयर कन्डिसनर  (AC)     १ टन             ६ थान                    वाल पाउन्ट स्प्लिट एसी               इन्भर्टर एसी
२.         एयर कन्डिसनर  (AC)     २ टन            १ थान                     वाल पाउन्ट स्प्लिट एसी               इन्भर्टर एसी

शर्तहरुः

१. कोटेशन पेश गर्दा आफूले उपलब्ध गराउने सामग्रीको पूर्ण विवरण Full Specification उल्लेख गर्नुपर्नेछ ।

२. वारेण्टी वा ग्यारेन्टी समय उल्लेख भएको हुनुपर्नेछ । यदि पार्ट्स अनुसार वारेण्टी समय फरक पर्ने भएमा सोकुरा स्पष्ट खुलेको हुनुपर्ने छ ।

३. कोटेशन पेश गर्दा निःशुल्क आउने र सःशुल्क आउने आवश्यक सामग्रीको (acessories ) स्पष्ट उल्लेख भएको हुनुपर्ने छ ।

४. कोटेशन उल्लेख गर्दा नजिकै रहेको सर्भिस सेन्टरको विवरणसमेत उल्लेख गर्नुपर्नेछ ।

५. तोकिएको गुणस्तरभन्दा कम गुणस्तर सामग्री संस्थाले खरिद गर्ने छैन ।

६. कोटेशन पेश गर्दा सामग्री उपलब्ध गराइसक्ने अवधि उल्लेख गर्नुपर्नेछ ।

७. कोटेशन पेश गर्दा मूल्य अभिवृद्धि कर, ढुवानी शुल्क, जडान शुल्क लगायतको विवरण स्पष्ट उल्लेख गर्नुपर्नेछ ।

८. सामग्री संस्थाको सुरुङ्गा सेवा केन्द्रमा डेलिभरी दिनुपर्नेछ ।

९. कोटेशन २०८१ जेष्ठ ११ गते शुक्रबार कार्यालय समयभित्रमा संस्थाको मेचीनगर– १३, चारआलीस्थित प्रधान कार्यालयमा शिलबन्दी गरी बुझाउनु पर्नेछ ।

१०. झापा जिल्लाभन्दा बाहिर रहेको विक्रेताहरुले सहजताका आधारमा शिलबन्दी वा संस्थाको आधिकारिक इमेल ठेगाना [email protected] मा Password Protected डकुमेन्ट बनाई इमेल गर्न सक्नुहुनेछ । कोटेशन सम्बन्धी निर्णय गर्ने दिन सम्बन्धित विक्रेतासँग पासवर्ड माग गरिनेछ ।

११. कोटेशनको निर्णय गर्ने अन्तिम अधिकार संस्थामा निहित रहने छ ।

१२. थप जानकारीका लागि ९८५२६८९४६० मा सम्पर्क गर्न सकिनेछ ।

बचत तथा ऋण ब्यवसाय
प्रधान कार्यालय, चारआली झापा

सम्बन्धित खबर