२०८१ फागुन १०, शनिवार , १०:०५:३६ बजे

Sajhamanch
'

नेपालमा पहिलो पटक न्युरोलोजीसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने

शुक्रवार, जेठ ४, २०८१

काठमाडौं । नेपालमा पहिलो पटक न्युरोलोजीसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा नसा रोगसम्बन्धी समस्या, उपचार र अभ्यास लगायतको विषयमा छलफल गर्ने उद्देश्यले नेपलिज एकेडेमी अफ न्युरोलोजीको आयोजनामा भोलि र पर्सि अन्तर्राष्ट्रिय सम्मेलन हुन लागेको हो ।

सम्मेलनमा विभिन्न देशका नसा रोग विशेषज्ञहरुको सहभागिता रहनेछ । सम्मेलनको पूर्व सन्ध्याामा आज विशेषज्ञ चिकित्सकले सीपमूलक तालिम दिने आयोजकले जनाएको छ । सम्मेलनमा नसा रोगको जटिल समस्याको पहिचान, परीक्षणको नयाँ प्रविधि, लक्षण र उपचारकोबारेमा वैज्ञानिकबीच छलफल हुने एकेडेमीका अध्यक्ष प्रा.डा.कृष्ण कुमार ओलीले जानकारी दिनुभयो ।

नसा रोग विशेषज्ञहरुको अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालसहित भारत, अमेरिका, स्पेन, होल्याण्ड, श्रीलङ्कालगायत देशका तीन सय भन्दा बढी चिकित्सकहरुको सहभागिता रहने छ ।