२०८२ जेठ ५, आइतवार , ०१:५६:५३ बजे

Sajhamanch
'

प्रधानमन्त्री प्रचण्डले ७ जेठमा चौथोपटक विश्वासको मत लिने

शुक्रवार, जेठ ४, २०८१

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आउँदो ७ गते सोमवार विश्वासको मत लिने हुनुभएको छ । जनता समाजवादी पार्टी (जसपा) नेपालले गएको वैशाख ३१ गते सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएकाले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लाग्नुभएको हो ।

सत्ता साझेदार दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेको यो चौथो पटक हो । यसअघि कांग्रेसले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले फागुन ३० गते तेस्रो पटक विश्वासको मत लिनुभएको थियो ।

सम्बन्धित खबर