
काठमाडौं । भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा भोलि शनिवारदेखि तीन दिनसम्मको लागि बन्द रहने भएको छ । नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक नीरञ्जनकुमार झाले जेठ ५ गते शनिवारदेखि जेठ ७ गते सोमवारसम्म रेलसेवा पूर्ण रुपमा बन्द रहने जानकारी दिनुभएको हो ।
भारतको बिहार राज्यको मधुबनी जिल्लाको मधुबनी संसदीय क्षेत्रमा ७ गते लोकसभाको चुनाव हुने भएकोले शनिवारदेखि सोमवारसम्म ७२ घण्टाका लागि नेपाल रेल्वे सेवा पूर्ण रुपमा बन्द गर्न लागिएको हो । रेल्वे सेवा जेठ ८ गतेदेखि नियमित रुपमा सञ्चालन हुने कम्पनीले जनाएको छ ।