२०८१ कार्तिक २, शुक्रवार , ०५:०५:४३ बजे

Sajhamanch
'

शिवसताक्षीमा लागु औषध नियन्त्रण र साइबर क्राइम सम्बन्धी अभिमुखीकरण सुरु

बिहिवार, जेठ ३, २०८१

शिवसताक्षी । झापाको शिवसताक्षीमा आजबाट नेपाल स्काउट नगर शिवसताक्षी नगर समितिले लागुऔषध सम्बन्धी अभिमुखीकरण र साइबर क्राइम सम्बन्धी अभिमुखीकरण कार्यक्रम सुरु गरेको छ ।

नगरका सामुदायिक र संस्थागत विद्यालयहरुका स्काउटर विद्यार्थीहरुलाई अभिमुखीकरण तालिम दिन सुरु गरिएको हो । आज व्याङ्गडाँडा स्थित श्री भगवती माध्यमिक विद्यालयमा तालिमको उद्घाटन गरिएको हो । तालिमको शिवसताक्षी नगरपालिकाका नगर प्रमुख मेगाहाङ्ग थोप्रा उद्घाटन गरेका हुन् ।

उद्घाटनका क्रममा बोल्दै नगरप्रमुख थोप्राले लागुऔषध सेवनले परिवार, गाउँ, समाज विग्रिदै गएको अवस्थामा स्काउटर विद्यार्थीहरुलाई आगुऔषध विरुद्ध जनचेतना जगाउने, लागु औषध नियन्त्रण गर्ने जस्ता काममा स्काउटर विद्यार्थीहरुले गाउँ समाजमा सकारात्मक भूमिका निर्वाह गर्नु पर्ने बताए । स्काउटर विद्यार्थीहरुले अन्य धेरै प्रकारका तालिमहरु गरेका हुन्छन् । आपत विपतमा स्काउटर विद्यार्थीहरु आफै परिचालित हुने हुँदा नगरका विद्यार्थीहरुलाई विद्यार्थीहरुलाई तालिम प्रभावकारी हुने समाज परिवर्तनमा मुख्य भूमिका रहने उनको भनाई थियो ।

नेपाल स्काउट नगर समितिले शिवसताक्षीमा १२ केन्द्र बनाई २२ ओटा विद्यालयका करिब १ हजार माथि विद्यार्थीहरुलाई अभिमुखीकरण गराइने नेपाल स्काउट नगर समितिका संयोजक डिगम पराजुलीले जानकारी दिए । तालिममा लागु औषध नियन्त्रण, साइबर क्राइम र स्वास्थ उपचार सम्बन्धी गराइने संयोजक पराजुलीले बताए ।

उक्त तालिम आजबाट जेष्ठ २० गते सम्म सञ्चालन गरिने नेपाल स्काउट शिवसताक्षी नगर समितिले जनाएको छ । तालिमको उद्घाटनमा शिवसताक्षी नगरपालिकाका लेखा अधिकृत प्रकाश योङ्गहाङ लगायतले शुभकामना मन्तव्य राखेका थिए । अभिमुखीकरण शिवसताक्षी नगरपालिकाको वित्तीय सहयोग र इलाका प्रहरी कार्यालय झिलझिले सहजीकरण गरेको थियो ।

बिहिवार, जेठ ३, २०८१ | शिक्षा, समाज

सम्बन्धित खबर