२०८१ फागुन १, बिहिवार , ०९:३८:०८ बजे

Sajhamanch
'

दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबलः पूर्वेली युवा क्लब रातो सेमीफाइनलमा

बिहिवार, जेठ ३, २०८१

बिर्तामेड । बिकर्ण श्रेष्ठको चार गोल मद्दतमा फराकिलो जित निकाल्दै स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको सेमीफाइनलमा आयोजक रातो प्रवेश गरेको छ ।

बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज बिहीबार भएको अन्तिम क्वार्टर फाइनल खेलमा आयोजकले पाहुना टोली इलामको एमसिसी भेट्रान्स फुटबल क्लबमाथि गोलको वर्षा गरेको थियो ।

इलामलाई ६–० को फराकिलो गोल अन्तरले पराजित गर्दै आयोजक पूर्वेली युवा क्लब रातो अन्तिम चारमा प्रवेश गरेको हो ।

बिकर्णले खेलको १०औँ, २२औँ, २६औँ र ४०औँ मिनेटमा गोल गरे । त्यस्तै, खेलको ३०औँ मिनेटमा विशाल राई ए र ३४औँ मिनेटमा रमेश गुरुङले एक–एक गोल गरेका थिए ।

प्रतियोगिताको प्लेयर अफ दि म्याच ४ गोलकर्ता बिकर्ण श्रेष्ठ भए । उनले नगद २५०० र ट्रफी पाए ।

शुक्रबारको पहिलो सेमीफाइनल खेल आयोजक निलो र चन्द्रगढी भेट्रान्स एफसीबीच हुनेछ । त्यस्तै, विराट मेगा भेट्रान्सले फाइनल प्रवेशका लागि पर्सि आयोजक रातोको सामना गर्नेछ ।

कोशी प्रदेशका आठवटा टिमको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल जेठ ७ गते हुने आयोजक पूर्वेली युवा क्लबका कार्यवहाक अध्यक्ष दिपेन चौधरीले बताए ।

प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार १११ रुपैयाँ, ट्रफी र मेडल पाउनेछ भने उपविजेताले नगद ५५ हजार ५५५ रुपैयाँ पाउने चौधरीले बताए । त्यस्तै, प्रत्येक खेलको प्लेयर अफ दि म्यचाले नगद २५०० र ट्रफी पाउँदै आएका छन् ।

प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई नगद १० हजार र ट्रफी प्रदान गरिनेछ । प्रतियोगिताका उत्कृष्ट गोलकिप्पर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, उच्च गोलकर्ता र प्रशिक्षकले नगद पाँच हजार र ट्रफी प्राप्त गर्ने संयोजक टेकराज तिलिङले बताए ।

सम्बन्धित खबर