
काठमाडौं । नेपाली कांग्रेस र नागरिक उन्मुक्ति पार्टीको रेशम चौधरी पक्षले प्रदेश सभा बैठक बहिष्कार गरेर बाहिरिएका छन् । मख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिनका लागि बसेको बैठक दुई पार्टीले बहिष्कार गरेका हुन् ।
मुख्यमन्त्री सोडारीको नियुक्ति असंवैधानिक तरिकाले भएको भन्दै कांग्रेस र नाउपा रेशम पक्षले विरोध गर्दै आइरहेका छन् । नाराबाजी गर्दै दुई पार्टीका सांसद बाहिरिए पनि सत्तारुढ दलहरूको सहभागितामा बैठक चलिरहेको छ ।