२०८१ पौष २४, बुधवार , १०:२३:३७ बजे

Sajhamanch
'

एनएमसीले शुरु गर्यो नव प्रवेशी कर्मचारीलाई अभिमुखीकरण

बिहिवार, जेठ ३, २०८१

बिर्तामोड । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) का नव प्रवेशी कर्मचारीका लागि सेवा प्रवेशसम्बन्धी तीन दिवशीय अभिमुखीकरण शुरु भएको छ ।

संस्थाको शिक्षा तथा तालिम उपसमितिले बिहीवार बिर्तामोडस्थित सेवा केन्द्रको सभाहलमा आयोजना गरेको कार्यक्रम अन्तर्गत पहिलो चरणको सत्रलाई संस्थाका कर्जा विभाग प्रमुख सुबोध बुढाथोकीले सहजीकरण गरेका छन् ।

त्यसक्रममा उनले सदस्यता कार्याविधि, दर्ता चलानी, सफ्टवेयर, टेलर, इमेल, फोन रेस्पोन्स लगायत विविध विषयबारे अवगत गराएका थिए ।

‘सदस्यता कार्याविधि नै पहिलो र महत्वपूर्ण कार्याविधि हो, एनएमसीले अहिले ६१ वटा कार्याविधिको व्यवहारिक अभ्यास गरिरहेको छ ।’, सहजकर्ता बुढाथोकीले भने ।

त्यस्तै, अभिमुखीकरणको दोस्रो सत्रमा संस्थाको कानून तथा अनुपालन विभाग प्रमुख तेजकुमारी घिमिरेले समिति र कर्मचारीको संरचना, कर्पोरेट तथा प्रधान कार्यालयको विभागीय संरचना, सेवा केन्द्रको संरचना र कामको वर्गीकरण, ऐन नियम लगायत विषयको जानकारी गराउने छिन् ।

तीन दिनसम्म सञ्चालन हुने सो कार्यक्रममा संस्थाको कर्पोरेट तथा मानव संशाधन विभाग प्रमुख जीवनमणि कटुवालले मानव संशाधन कार्याविधि र सामाजिक सुरक्षा कोषमा आबद्धताबारे प्रस्तुति राख्नेछन् ।

अभिमुखीकरण आयोजक उपसमितिका सदस्य अर्जुनप्रसाद थपलियाले सकारात्मक सोच र असल संस्कारबारे जानकारी गराउने कार्यक्रममा संस्थाका अध्यक्ष ठाकुरप्रसाद शिवाकोटीले वित्तीय व्यवसायमा कर्मचारीको भूमिकाबारे प्रस्ट्याउने छन् ।

यसैगरी, संस्थाका निवर्तमान अध्यक्ष रामचन्द्र उप्रेतीले ‘असल संस्कार र समृद्धिका लागि एनएमसी’ नाराको सप्रसंग व्याख्या गर्ने अभिमुखीकरणमा आयोजक उपसमितिका संयोजक डम्बरबहादुर बस्नेतले कर्मचारीमा हुनुपर्ने गुण बुझाउने छन् ।

तीन दिवशीय कार्यक्रमका सिलसिलामा आयोजक उपसमिति सह–संयोजक घनश्याम अधिकारीले सहभागीलाई पेशामा प्रविधिको प्रयोग विधिबारे स्पष्ट पार्ने आयोजक उपसमिति सदस्य–सचिव हिरन कट्टेलले बताइन् ।

आयोजक उपसमितिका संयोजक डम्बरबहादूर बस्नेतको अध्यक्षतामा शुरु अभिमुखीकरण कार्यक्रममा उपसमिति सदस्य गोपाल काफ्लेले शाब्दिक स्वागतसहित औचित्यबारे प्रकाश पारेका थिए ।

अभिमुखीकरणको आवश्यकता औंल्याउँदै उपसमिति सदस्य काफ्लेले १ लाख ६० हजार कर्मचारी कार्यरत संस्थाको आन्तरिक तौल तरिका, रचनात्मक पक्ष, कार्यसम्पादन पद्धति, अंगालेको संस्कार र संस्कृतिबारे जानकारी गराए ।

उनले अभिमुखीकरणले नवप्रवेशीमा उर्जा थप्ने र सेवा प्रवाहमा सहजता ल्याउन सघाउ पुर्याउने विश्वास व्यक्त गरे । शनिवार समापन हुने उक्त कार्यक्रमको सञ्चालन उपसमिति सदस्य–सचिव हिरन कट्टेलले गरेकी थिइन् ।

सम्बन्धित खबर