
मोरङ । मोरङको बूढीगंगा–३ बाट मूर्ति चोरी गर्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय नेमुवाबाट गस्तीमा खटिएको प्रहरीको टोलीले गोकुवा चोकस्थित दुर्गा मन्दिरभित्र स्थानीय २२ वर्षीय आशिष् राजवंशीलाई मार्बलले बनेको भगवान् गणेश र हनुमानको मूर्ति चोरी गर्दै गरेको अवस्थामा फेला पारेको थियो । मूर्तिसहित पक्राउ परेका उनको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।