२०८१ साउन १२, शनिवार , ११:१२:५९ बजे

Sajhamanch
'

झापाका पाँच स्थानीय तहमा कानुनको व्यावहारिक शिक्षा कार्यक्रम सञ्चालन हुने

बुधवार, जेठ २, २०८१

बिर्तामोड । झापासहित मोरङ र सुनसरीका १२ वटा स्थानीय तहमा “कानुनको व्यावहारिक शिक्षा” कार्यक्रम सञ्चालन गरिने भएको छ ।

पूर्वाञ्चल विश्वविद्यालयले कोशी प्रदेशका १२ वटा स्थानीय तहमा न्यायमा पहुँच अभिवृद्धि कार्यक्रमअन्तर्गत झापा, मोरङ र सुनसरीमा कार्यक्रम सञ्चालन गर्ने भएको हो ।

मोरङका ६, झापाका ५ र सुनसरीको एक स्थानीय तहमा यो कार्यक्रम सञ्चालन हुनेछ । स्नातक तहका विद्यार्थीले छनोट भएका स्थानीय तहमा गएर लक्षित समूहलाई कानुनको व्यावहारिक शिक्षा दिने छन् ।

न्यायिक समितिको समन्वयमा विद्यार्थीहरूले सामाजिक न्याय र कानुनी न्यायका गतिविधि सञ्चालन गर्नेछन् । कार्यक्रम सञ्चालनका लागि पूर्वाञ्चल विश्वविद्यालयका विभिन्न क्याम्पसमा कानुन स्नातक तहमा अध्ययनरत २३ जना विद्यार्थी छनाट भएका छन् ।

छनोट भएका विद्यार्थीहरूलाई विश्वविद्यालयले तीन दिने अभिमुखीकरण तालिम दिएर कार्यक्रम सञ्चालन हुने स्थानीय तहमा पठाएको छ । उनीहरूले एक महिनासम्म स्थानीय तहमा स्थानीयलाई कानुनी सहयता र कानुनी शिक्षा दिनेछन् ।

महिला, बालबालिका, आदिवासी जनजाति, दलित, पिछडिएको वर्ग लगायतका लक्षित समूह यो कार्यक्रमबाट लाभान्वित हुने आशा व्यक्त गरिएको छ ।

सम्बन्धित खबर