२०८१ साउन १२, शनिवार , ०८:११:५१ बजे

Sajhamanch
'

हकदावी सम्बन्धी १५ दिने सार्वजनिक सूचना

बुधवार, जेठ २, २०८१

प्रथमपटक प्रकाशित मितिः २०८१/०२/०१

जिल्ला झापा मेचीनगर–८ बस्ने श्री कृष्णप्यारी श्रेष्ठ (सदस्य नं. ३४२५७) का नाममा यस संस्थामा सेयर तथा बचत रकम रहेको र निजको २०८० साल मंसिर १७ गते निधन भई शेषपछिको हकदावीमा झापा जिल्ला मेचीनगर–८ बस्ने निजकी छोरी साजना श्रेष्ठले आफ्नो आमाको नाममा संस्थामा मौज्दात रहेको बचत रकम फिर्ता गरी पाऊँ भनी यस कार्यालयमा मिति २०८१ साल बैशाख ११ गते निवेदन दिई हकदाबी गरेको हुँदा यो १५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएको छ । यसमा निवेदकलाई बचत फिर्ता गरिदिनु नपर्ने कुनै कारण वा कसैको हकदाबी भए सप्रमाण म्यादभित्र उपस्थित भई दाबी गर्न आउनहुन यो सूचना जारी गरिएको छ । अन्यथा कानुन बमोजिम भई जानेछ । पछि कसैको उजुर बाजुर लाग्ने छैन ।

एनएमसी इटाभट्टा कार्यालय

सम्बन्धित खबर