२०८१ साउन ११, शुक्रवार , ०२:३७:२७ बजे

Sajhamanch
'

विराटनगरमा भारत लैजाँदै गरेको २५० किलो गाँजासहित एक जना पक्राउ

बुधवार, जेठ २, २०८१

विराटनगर । प्रहरीले भारत लैजाँदै गरेको २५० किलो गाँजासहित एक जना पक्राउ परेका छन् ।

विराटनगर महानगरपालिका–१७ आईसीपी रोडबाट मंगलबार राति साढ ११ बजेतिर काँचो केरा लोड गरिएको प्रदेश १–०२–०२ च ६३३१ नम्बरको पिकअप भ्यानबाट गाँजा बरामद भएको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख, एसपी नवराज कार्कीले बोरामा प्याक गरेर पिकअपको पछाडि ढालामा राखिएको अवस्थामा गाँजा बरामद भएको जानकारी दिए ।नेपाल(भारत सीमा क्षेत्र नजिकै केरा र गाँजा अनलोड गर्दै गरेको जानकारी पाएपछि प्रहरी पुगेको थियो ।

भ्यानको ढालामा गाँजालाई माथिबाट केराले छोपिएको थियो । प्रहरीले पिकअपलाई नियन्त्रणमा लिएर चालक धनकुटाको शहीदभूमि गाउँपालिका–३ का १८ वर्षीय दिवस राईलाई पक्राउ गरेको छ ।

चालक राईविरुद्ध लागूऔषध ऐनअन्तर्गतको मुद्दा चलाइने प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर