२०८१ साउन १२, शनिवार , ०८:२४:३४ बजे

Sajhamanch
'

बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच छलफल

बुधवार, जेठ २, २०८१

काठमाडौं ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न सभामुख देवराज घिमिरे बालुवाटार पुगेका छन्।

संसदको अवरोध खुलाउने विषयमा प्रधानमन्त्रीसँग छलफल गर्न सभामुख घिमिरे बालुवाटार पुगेका हुन्। अहिले छलफल भइरहेको सभामुख घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए। उहाँहरू करिब आधा घन्टादेखि छलफलमै हुनुहुन्छ,’ उनले भने।

मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। त्यसपछि साँझ बस्ने प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठकमा राष्ट्रपतिलाई धन्यवाद दिने कार्यसूची थियो। तर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण दुवै सदनले राष्ट्रपतिलाई धन्यवाद दिन पाएको थिएन।

संसद अवरूद्ध हुँदा राष्ट्रपतिको कार्यालयबाट आएका विभिन्न पत्रहरू, ‍समितिबाट पास भएर आएका विधेयकहरू लगायत महत्वपूर्ण विषयहरू पेस हुन पाएका छैनन्। यीनै विषयहरूमा छलफल गर्न लाग्नुभएको हो,’ प्रेस सल्लाहकार अधिकारीले भने।

सम्बन्धित खबर