२०८१ पौष ७, आइतवार , ११:३७:३८ बजे

Sajhamanch
'

एनएमसी एग्रो फार्मको निवेदन पेश गर्ने बारेको सूचना ।

मङ्गलवार, जेठ १, २०८१
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि.को पूर्ण स्वामित्वमा सञ्चालित
एनएमसी एग्रो फार्म
मेचीनगर–१४, दुहागढी, झापा
प्रथम पटक प्रकाशित मितिः २०८१।०२।०१
प्रस्तुत विषयमा कृषि ज्ञानकेन्द्र झापा र यस संस्था बिच भएको सम्झौता अनुसार यस संस्था अन्तरगतको कष्टम हायरिङ सेन्टर मार्फत धानबालीमा यन्त्र उपकरण प्रयोगको प्रदर्शन कार्यक्रम सञ्चालनका लागि झापा जिल्ला भित्रका कृषक समूह÷कृषि फार्म÷कृषि सहकारीहरुले आवश्यक कागजातसहित सूचना प्रकाशन भएको मितिले १० दिन भित्र एनएमसी एग्रो फार्मको कार्यालय वा नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. अन्तरगतका नजिकको कार्यालयमा निवेदन पेश गर्न हुन सम्बन्धित सवैमा जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।
नोटः रित नपुगेको र म्याद नाघी प्राप्त हुन आएका आवेदनहरु दर्ता गरिने छैन वा स्वीकृत गरिने छैन ।
तपशिलः
(क) आवश्यक कागजातहरुः
निवेदन पत्र
कृषक समूह/कृषि फार्म/कृषि सहकारीको रोपार्ईँ  गरिने जग्गाको धनीपुर्जाको प्रतिलिपी (यदि भाडाको जग्गा भए सम्झौता पत्रको प्रतिलिपी पनि पेश गर्नु पर्नेछ)
  • कृषक समुह/कृषि फार्म/कृषि सहकारीको रोपार्ईँ  गरिने जग्गाको क्षेत्रफल खुलाइएको विवरण (एउटै गाउँ/टोलमा कम्तिमा १० विगाहा हुनुपर्नेछ साथै प्रत्येक कृषकको कति क्षेत्रफल हो खुलाउनु पर्नेछ)
  • कृषक समूह/कृषि फार्म/कृषि सहकारीको दर्ता प्रमाण पत्रको प्रतिलिपी (नविकरण गरिएको)
  • कृषक समूह/कृषि फार्म/कृषि सहकारीको निर्णयको प्रतिलिपी
  • विगतमा धान रोपाईँका मेसिनरी उपकरणहरु (राइस ट्रान्सप्लान्टर, प्याड्डी ट्रे आदि) राज्यका कुनै निकायबाट प्राप्त नगरेको स्वःघोषणा पत्र
(ख) मुख्य शर्तहरुः
१. रित पूर्वक पहिला निवेदन दर्ता गर्नेलाई पहिला प्राथमिकता दिइनेछ ।
२. यस कार्यक्रम सञ्चालनका लागि एनएमसी एग्रो फार्मले धानबालीमा निम्न अनुसारको मेशिनरी सेवा उपलब्ध गराउने छ ।
  • धानको नर्सरी व्यवस्थापनका लागि नर्सरी प्याड्डी ट्रेको व्यवस्थापन
  • धान रोपाईँका लागि मेसिन Rice Transplanter को प्रयोग
३. कृषक समूह/कृषि फार्म/कृषि सहकारीहरुबाट पेश हुन आएको निवेदनलाई एनएमसीको तर्फबाट संकलन गरी कृषि ज्ञानकेन्द्र झापामा अन्तिम स्वीकृतिका लागि पेश गरिनेछ ।
४. कृषि ज्ञान केन्द्रबाट अन्तिम स्वीकृत भई आएका निवेदकहरुसँग एनएमसीका तर्फबाट लिखित सम्झौता गरी कार्यक्रम सञ्चालन गरिनेछ ।
५. राइस ट्रान्स प्लान्टर र सोसँग आवश्यक नर्सरी प्याड्डी ट्रे लगायतका सामग्रीहरुको भाडा र ढुवानी खर्चमध्ये ५० प्रतिशत कृषि ज्ञानकेन्द्र झापाले र ५० प्रतिशत कृषक आफैंले व्यहोर्नु पर्नेछ ।
६. धानको बेर्ना तयारी तथा मेसिनरी प्रयोग सम्बन्धी तालिम तथा समन्वय कृषि ज्ञानकेन्द्र झापाका तर्फबाट गरिनेछ । साथै आवश्यक परेमा एनएमसी एग्रो फार्मका तर्फबाट पनि सहजीकरण गर्न सकिनेछ ।
७. बेर्नाको स्याहार, बाली व्यवस्थापन, जमिनको तयारी, खनजोत, मलखाद, सिँचाई, गोडमेल, बिउको व्यवस्थापन, रोग किराको निरीक्षण लगायत बाली संरक्षण, बालीको बीमा सम्बन्धी कार्यहरु कृषक स्वयम्ले गर्नुपर्नेछ ।
८. प्राकृतिक प्रकोप, रोग किराको प्रकोप र अन्य कुनै पनि भवितव्यले प्रदर्शन कार्यक्रम असफल भएमा क्षतिपूर्ति वा अन्य प्रकारको राहत रकम वा सामग्री कृषकले एनएमसी र कृषि ज्ञानकेन्द्र झापासँग दावी गर्न पाइने छैन ।
९. कार्यक्रममा प्रयोग हुने मेसिनरी, औजार, उपकरण लगायतको सामग्रीहरुको सुरक्षा सम्बन्धित कृषकले गर्नु पर्नेछ । मेसिन उपकरण चलाउँदा कुनै पनि दुर्घटना भएको खण्डमा एनएमसी र कृषि ज्ञानकेन्द्र झापा क्षतिपूर्ति वा अन्य प्रकारको राहत भुक्तानी गर्न बाध्य हुने छैन ।
१०. कार्य सम्पन्न पश्चात कृषकले प्रयोग गरेका प्याड्डी ट्रे लगायतका सामग्रीहरु एनएमसीलाई सही सलामत फिर्ता गर्नु पर्नेछ । यदि सामग्री क्षति भएमा सम्बन्धित कृषकले एनएमसीलाई क्षतिपूर्ति भुक्तानी गर्नुपर्नेछ ।
थप जानकारीका लागिः
एनएमसी एग्रो फार्मः ९८५२६८९४००/९८५२६८९४५३
कृषि ज्ञानकेन्द्र, झापाः ९८५१२४०९५४/९८५२६५५१०९

सम्बन्धित खबर