२०८१ साउन १२, शनिवार , ०५:५०:४१ बजे

Sajhamanch
'

‘संविधान कार्यान्वयन, अर्थतन्त्र सुधार, भ्रष्टाचार नियन्त्रण सरकारको मुख्य प्राथमिकता’

मङ्गलवार, जेठ १, २०८१

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधान कार्यान्वयन, सङ्घीयताको सबलीकरण, अर्थतन्त्रको सुधार र भ्रष्टाचार नियन्त्रण सरकारको मुख्य प्राथमिकता रहेको बताउनुभएको छ ।

आज सङ्घीय संसद्को दुवै सदनमा सरकारको आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपतिले पौडेलले वर्तमान सरकार समाजवाद उन्मुख आर्थिक, सामाजिक रूपान्तरणका लागि राजनीतिक स्थायित्व, सुशासन, विकास र सामाजिक न्यायसहित ‘समृद्ध नेपाल : सुखी नेपाली’ को राष्ट्रिय लक्ष्य पूरा गर्न प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले नेपाली नागरिकको सुख, समुन्नतिका लागि संङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्दै नागरिकमा राज्यप्रति आशा र भरोसा जगाउने गरी सरकारले आफ्नो नीति तथा कार्यक्रम कार्यान्वयन गर्दै आएको उल्लेख गर्नुभयो ।

राष्ट्रपति पौडेलले रोजगारी सृजना, सुशासन प्रवद्र्धन, सार्वजनिक सेवामा सुधार र सरलीकरण, नागरिकमैत्री शासन प्रणालीको स्थापनामा पनि सरकारले जोड दिएको बताउनुभयो ।

सम्बन्धित खबर