२०८१ फागुन १२, सोमवार , ०९:०२:५५ बजे

Sajhamanch
'

नेप्से सूचक २८.६२ अंकले बढ्यो

मङ्गलवार, जेठ १, २०८१

काठमाडौँ । मंगलबार नेप्से सूचक २८ अंकमाथिले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक २८.६२ अंकले बढ्दै २०२७.५१ अंकमा उक्लिएको हो ।

आज क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ३।६० अंकले बढ्दै ३६०.२६ अंकमा उक्लिएको छ । यस दिन ४ अर्ब ८ करोड ८८ लाख रुपैयाँ बराबरको ९८ लाख ५५ हजार कित्ता सेयर दोस्रो बजारमा कारोबार भएको छ ।

आज १३ वटै उपसूचक धनात्मक हुँदा ६ वटा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । अन्य दर्जनौँ कम्पनीको मूल्य ८ प्रतिशत माथिले बढेको छ । सरकारले बजेटको तयारी गर्दै गर्दा नेप्सेमा पनि सुधार भएको हो ।

सम्बन्धित खबर