२०८१ फागुन १२, सोमवार , ०७:४९:५७ बजे

Sajhamanch
'

तोलामा ७०० रुपैयाँले घट्यो सुनको भाउ, चाँदीको बढ्यो

मङ्गलवार, जेठ १, २०८१

काठमाडौं । मंगलबार सुनको भाउ तोलामा ७०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिन सुन प्रतितोला १ लाख ३७ हजार ४ सय रुपैयाँ तोकेको छ ।

सोमबार १ लाख ३८ हजार १ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । यसअघि वैशाख ९ गते सुनको भाउ हालसम्मकै उच्च प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको रेकर्ड छ ।

चाँदीको भाउ भने बढेको छ । सोमबार तोलाको १ हजार ७१५ रुपैयाँमा कारोबार भएको चाँदी आज मंगलबार १ हजार ७४० रुपैयाँमा कारोबार भइरहेको छ ।

सम्बन्धित खबर