२०८१ फागुन ११, आइतवार , ११:३९:४२ बजे

Sajhamanch
'

काठमाडौं सुकेधारामा भेटिएको शवको पहिचान खुल्यो

मङ्गलवार, जेठ १, २०८१

काठमाडौं । काठमाडौं महानगरपालिका-४ सुकेधारामा भेटिएको शवको पहिचान खुलेको छ ।

मृतक खोटाङको हलेसी तुवाचुङ नगरपालिका-७ घर भएका ४४ वर्षीय भीषण गिरी रहेको खुलेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए ।

सुकेधारा चोकको रोयल मार्बल नजिकैकको सडकको नालामा उनी मृत अवस्थामा मंगलबार बिहान भेटिएका थिए ।नालामा घोप्टो परेको अवस्थामा शव भेटिएको थियो । गिरीका आफन्त समेत प्रहरीको सम्पर्कमा पुगिसकेका छन् ।

उनको मृत्युको कारण खुलिसकेको छैन । घटनास्थल मुचुल्काको काम सकेर शव पोष्ट मार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ ।

गिरीको निधारमा दुई इन्च लामो खत समेत भेटिएको छ ।

सम्बन्धित खबर