
काठमाडौँ । मन्त्रिपरिषद् बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सुरु भएको छ । बैठकले नीति तथा कार्यक्रम पारित गर्ने एक मन्त्रीले जानकारी दिए ।
आजै सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै छ । राष्ट्रपति रामचन्द्र पौडेलले दिउँसो ३ बजे संघीय संसद्लाई सम्बोधन गरेर नीति तथा कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रम छ ।