२०८१ कार्तिक १, बिहिवार , ०२:४८:४९ बजे

Sajhamanch
'

शिवसताक्षी नगरका सामुदायिक विद्यालयका शिक्षकहरुलाई कष्टमाइज्ड तालिम

सोमवार, वैशाख ३१, २०८१

शिवसताक्षी । शिवसताक्षीमा सञ्चालित एकीकृत पाठ्यक्रम सम्बन्धी तीन दिवसीय कष्टमाइज्ड तालिम सोमबार सम्पन्न भएको छ ।

शिवसताक्षी नगरपालिका शिक्षा शाखाको आयोजनामा शिवसताक्षीका ३५ ओटा सामुदायिक विद्यालयका कक्षा १ देखि ३ मा अध्यापनरत ३५ जना शिक्षकहरुलाई तालिम दिइएको शिवसताक्षी नगरपालिका शिक्षा शाखाले जनाएको छ।

तालिममा कक्षा १ देखि ३ सम्म अध्यापन गराउने शिक्षकहरुको क्षमता विकासका लागि पाठ्यक्रमको मूल्याङ्कनको पक्षलाई जोड दिइएको शिक्षा शाखा प्रमुख छवि ढकालले जानकारी दिए । उनले तालिमले नगर भित्रका सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तरमा समेत बृद्धि हुने अपेक्षा गरिएको बताए ।

तालिमको समापनमा शिवतसाक्षी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृतबहादुर राईले शुभकामना मन्तव्य राखेका थिए भने, तालिमका सहभागीहरुलाई प्रमाण पत्र वितरण गरेका थिए ।

तालिम बैसाख २९ गतेबाट शिवसताक्षी नगरपालिकाको सभा हलमा सञ्चालन भएको थियो । तालिममा लीला भण्डारी, कमल भट्टराई र दिपक लुईंटेलले सहजीकरण गरेका थिए ।

सोमवार, वैशाख ३१, २०८१ | विविधा, शिक्षा

सम्बन्धित खबर