२०८१ फागुन १२, सोमवार , ११:३०:१५ बजे

Sajhamanch
'

भरतपुरको भृकुटी बोर्डिङमा पढ्न गएका बालकको मृत्यु

सोमवार, वैशाख ३१, २०८१

चितवन । चितवनको भरतपुर महानगरपालिका–३ कमलनगरमा रहेको भृकुटी बोर्डिङ स्कुलमा प्ले ग्रुपमा पढ्ने तीन वर्षीय बालकको मृत्यु भएको छ ।

विद्यालयमा पढ्न गएका भरतपुर–११ का दिलिप गुप्ताका छोरा युवराज गुप्ताको आइतबार मृत्यु भएको हो ।

विद्यालयमा खेलिरहेका बालक अचानक बेहोस भएको र बेहोस भएपछि पानी खुवाएको विद्यालयले जनाएको छ । बेहोस भएका बालकलाई विद्यालयले उपचारका लागि चितवन मेडिकल कलेज पुर्‍याएको थियो ।

आकस्मिक कक्षमा उपचारको क्रममा आइतबार दिउँसो साढे १२ बजे बालकको मृत्यु भएको थियो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर