२०८१ फागुन १२, सोमवार , ०१:५१:३७ बजे

Sajhamanch
'

सुनको भाउ तोलामा ३०० रुपैयाँले घट्यो

सोमवार, वैशाख ३१, २०८१

काठमाडौं । सोमबार सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुन प्रतितोला १ लाख ३८ हजार १ सय रुपैयाँ तोकेको छ ।

यसअघि आइतबार तोलाको १ लाख ३८ हजार ४ सय रुपैयाँ मूल्य कायम भएको छ । वैशाख ९ गते सुनको भाउ प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको रेकर्ड छ ।

त्यस्तै चाँदीको भाउ पनि तोलाको १० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ७२५ रुपैयाँ रहेको चाँदी आज १ हजार ७१५ रुपैयाँ कायम भएको छ । वैशाख ९ गते चाँदी प्रतितोला १ हजार ७४० रुपैयाँ पुगेको रेकर्ड छ ।

सम्बन्धित खबर