
काठमाडौं । नेपाली कांग्रेस संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक सरेको छ ।आज दिउँसोका लागि तय गरिएका दुवै बैठक स्थगित गरिएको नेपाली कांग्रेस संसदीय दलले जनाएको छ ।
आज स्थगित भएको बैठक जेठ १ गते बस्नेछ । संसदीय दल कार्यसमितिको बैठक बिहान ८ बजे र दलको बैठक ९ बजे बस्ने कांग्रेसले जनाएको छ ।
बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्ने तय भएको छ ।संसदमा सिर्जना भएको घटनाक्रमबारे थप छलफल गर्नका लागि बैठक बोलाइएको कांग्रेसले जनाएको छ ।
कांग्रेसले सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै आएको छ । सरकार समिति गठन गर्न तयार नभएपछि संसद प्रभावकारी रुपमा सञ्चालन हुन पाएको छैन् ।