
धनगढी । धनगढीमा ट्याक्टर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका-१३ कैलाली गाउँका २१ वर्षीय समीर रानाको मृत्यु भएको प्रहरीले जनाएको हो।
शनिबार धनगढी-१५ कनरीमा से १ त ९७५४ नम्बरको ट्याक्टरको पछाडिको टायर पड्किँदा पल्टिएको थियो। ट्याक्टर पल्टिँदा उनी गम्भीर घाइते भएका थिए।
उनको उपचारको क्रममा निसर्ग अस्पताल धनगढीमा मृत्यु भएको हो। घटना पछि ट्याक्टर र चालक घोडाघोडी नगरपालिका—१० का २२ वर्षीय अविशेक चौधरी प्रहरीको नियन्त्रणमा छन्। चालकमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको हो।