
काठमाडौं । सर्वोच्च शिखर सगरमाथामा सबैभन्दा धेरै पटक सफल आरोहण गरेर विश्वकीर्तिमान बनाएका आरोही कामीरिता शेर्पाले २९औं पटक सगरमाथाको सफल आरोहण गरेका छन् ।उनले आइतबार बिहान ७ बजेर २५ मिनेटमा सगरमाथाको चुचुरो टेटेको सेभन समिट प्रालिले जनाएको छ ।
योसँगै ५४ वर्षीय कामीरिताले यसअघिको आफ्नै कीर्तिमान तोड्नै पुनः नयाँ कीर्तिमान बनाएका छन् । ‘व्यक्तिगत रुपमा सगरमाथाको सबैभन्दा धेरै सफल आरोहण गर्ने सफल भएका छन्’, सेभेन समिटले भनेको छ ।
सोलुखुम्बुको थामेका शेर्पाले १९९२ देखि हिमाल आरोहण सुरु गरेका थिए । यसअघि उनले ८ हजार मिटर अग्ला केटू, चोयु, ल्होत्से, मनास्लुको पनि सफल आरोहण गरिसकेका छन् ।