२०८१ फागुन १२, सोमवार , ०३:१६:२६ बजे

Sajhamanch
'

तोलामा ५०० रुपैयाँले बढ्यो सुनको भाउ

आइतवार, वैशाख ३०, २०८१

काठमाडौं । आइतबार सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि प्रतितोला १ लाख ३८ हजार ४ सय रुपैयाँ मूल्य तय गरेको छ ।

यसअघि शुक्रबार १ लाख ३७ हजार ९ सय रुपैयाँ कायम भएको थियो । यसअघि सुन वैशाख ९ गते हालसम्मकै उच्च तोलाको १ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको रेकर्ड छ ।

त्यस्तै चाँदीको मूल्य तोलामा १० रुपैयाँ घटेको छ । अघिल्लो दिन तोलामा १ हजार ७३५ रुपैयाँ रहेको चाँदी आज १ हजार ७२५ रुपैयाँ कायम भएको छ । वैशाख ९ गते चाँदीको भाउ हालसम्मकै उच्च प्रतितोला १ हजार ७४० रुपैयाँ कायम भएको थियो ।

 

 

सम्बन्धित खबर