
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक सल्लाहकार डा. चिरञ्जीवी नेपालले दिएको राजीनामा स्वीकृत भएको छ ।
एक सय रुपैयाँको नोटमा नयाँ नक्सा छाप्ने मन्त्रिपरिषदको निर्णयको विरुद्ध अभिव्यक्ति दिएपछि विवादमा परेका नेपालले पदबाट राजीनामा दिएका थिए । राष्ट्रपति कार्यालयले डा. नेपालको राजीनामा स्वीकृत भएको जनाएको छ ।