
दाङ ।रुकुम पश्चिममा ट्याक्टर दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ।
आठबिसकोटदेखि जाजरकोटको रिम्ना तर्फ जाँदै गरेको ट्याक्टर आठबिसकोट-१४ स्थित जाजरकोट-डोल्पा सडकखण्डमा दुर्घटना भएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले जानकारी दिए।
दुर्घटनामा आठबिसकोठ नगरपालिका – १४ पिपलचौरका २२ वर्षीय गाडी धनी तथा चालक विकास खड्का र सोही ठाउँका १८ वर्षीय हरि आचार्यको मृत्यु भएको हो। ट्याक्टरको नम्बर खुलिसकेको छैन।
ट्याक्टर सडकदेखि झन्डै डेढ सय मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ। दुर्घटनाको कारण खुलिसकेको छैन ।नाम थर नखुलेका अन्य तीन जनाको अवस्था गम्भीर छ।उनीहरुको मिसन अस्पताल चौरजहारीमा उपचार भइ रहेको छ।