२०८१ पौष २३, मङ्गलवार , ०९:२१:३७ बजे

Sajhamanch
'

चेतनशीलले गर्यो बालबालिका लक्षित दुई सचेतनामूलक कार्यक्रम

शुक्रवार, वैशाख २८, २०८१

मेचीनगर । मेचीनगर–१० खयरडाँगीस्थित चेतनशील सामुदायिक सिकाई केन्द्रले ‘इन्टरनेटको बढ्दो दुरुपयोगबाट बालबालिकामा पर्ने प्रभाव र कानूनी सचेतना’ विषयक गोष्ठी आयोजना गरेको छ ।

चारआलीस्थित त्रिदेव बहुमुखी क्याम्पस परिसरमा आयोजित सचेतना गोष्ठीमा मेचीनगरका ४ वटा सामुदायिक माध्यमिक विद्यालयका ६० जना विद्यार्थी सहभागी थिए ।

सो कार्यक्रममा सहजकर्ता झापा जिल्ला अदालतका शाखा अधिकृत राजनप्रसाद सुवेदीले विभिन्न उमेर समूहका बालबालिकालाई इन्टरनेटको दुरुपयोग हुँदा हुने कानूनी सजायको व्यवस्थाबारे जानकारी गराए ।

उक्त केन्द्रले सोही अवसरमा लागूऔषध सम्बन्धी सचेनामूलक अभिमुखिकरण कार्यक्रम गरेको छ ।

सामुदायिक प्रहरी सेवा केन्द्र चारआलीसँगको समन्वयमा भएको कार्यक्रमको सहजीकरण प्रहरी चौकी चारआलीका इन्चार्ज एवं प्रहरी नायब निरीक्षक रवि राईले गरेका थिए ।

त्यसक्रममा उनले ‘लागूऔषध मुक्त वातावरण निर्माणमा विद्यालयका विद्यार्थीको भूमिका’ बारेमा जानकारी गराएका थिए ।

सो कार्यक्रममा मेचीनगर–१३ का वडाअध्यक्ष कृष्णराज सिग्देल, त्रिदेव बहुमुखी क्याम्पसका प्रमुख माधव प्याकुरेल, सहिद दशरथ चन्द माविका प्रधानाध्यापक लेखनाथ पौडेल, बलभद्र जनता माविका शिक्षक देवी खतिवडा लगायतले बोलेका थिए ।

आयोजक संस्थाका अध्यक्ष उदय बराईलीको अध्यक्षतामा भएको सो कार्यक्रमको सञ्चालन धर्मेन्द्र खड्काले गरेका थिए ।

सम्बन्धित खबर