
काठमाडौं । काभ्रेमा एक युवकको क्रुरतापूर्वक हत्या भएको छ।
शुक्रबार बिहान साढे ८ बजे पाँचखाल नगरपालिका वडा नम्बर ४ मेलम्ची जिरोकिलोमा एक युवक मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजकुमार श्रेष्ठले जानकारी दिए।
सडकबाट करिब ५० मिटर तल बिराजे खोल्चा वनमा एक पुरूषलाई मुख र छातीमा फलामको तारले रूखमा बाँधेर आगो लगाएको अवस्थामा शव फेला परेको डिएसपी श्रेष्ठले बताए।
करिब २५ वर्षीय मृतक युवकको पहिचान खुलेको छैन। शव करिब २५/२० दिन अगाडिदेखि नै रहेको हुनसक्ने प्रहरीको भनाइ छ। शव सडिसकेको अवस्थामा छ। प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।