२०८१ फागुन १२, सोमवार , ०२:०१:०८ बजे

Sajhamanch
'

माटोको ढिस्कोले पुरिएर बालकको मृत्यु

बिहिवार, वैशाख २७, २०८१

मोरङ । मोरङमा माटोको ढिस्कोले पुरिएर एक जना बालकको मृत्यु भएको छ । बुढीगंगा गाउँपालिका-६ का रामप्रकाश चौधरीको ११ वर्षीय छोरा प्रकाश चौधरीको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

साँझ ५ बजे घर नजिकै रहेको बुढी खोलामा साथीहरूसँग खेल्न गएका अबेर सम्म घर फर्केर नआएपछि खोजतलास गर्दै जाने क्रममा राती ९ बजे खोला छेउमा माटोको ढिस्कोले पुरिएको अवस्थामा शव फेला परेको थियो । उनलाई तत्काल उपचारको लागी विराट मेडिकल कलेज पुर्‍याउनासाथ डाक्टरले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

बिहिवार, वैशाख २७, २०८१ | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर