२०८१ फागुन ७, बुधवार , ०५:१२:३४ बजे

Sajhamanch
'

कानून दिवसको अवसरमा पूर्व कर्मचारीहरूलाई अदालतको सम्मान

बुधवार, वैशाख २६, २०८१

भद्रपुर । ७२औं कानून दिवसको अवसरमा झापा जिल्ला अदालतले आज पूर्व कर्मचारीलाई सम्मान गरेको छ ।

कानूनी राज्य स्थापनाका लागि विभिन्न समयमा झापा जिल्ला अदालतमा रहेर काम गरेका पूर्व कर्मचारीहरूलाई अदालतले सम्मान गरेको हो ।

मुख्य जिल्ला न्यायाधिश अशोककुमार बस्नेतको अध्यक्षतामा अदालत परिसरमा आयोजित कार्यक्रममा नेपाल बार एसोसिएसनका केन्द्रीय उपाध्यक्ष सुरज खत्री, जिल्ला बारका सचिव सन्तोष प्रसाई, झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोला लगायतले मन्तव्य राख्दै विधि र प्रकृयाका लागि कानूनी राज्य अपरिहार्य रहेको धारणा राख्दै कानून अनुकुलको सेवा प्रवाहमा लाग्नु पर्ने धारणा राखेका थिए ।

जिल्ला न्यायधिस प्रकाशकुमार अधिकारीले स्वागत गरेको कार्यक्रममा पूर्व कर्मचारी हेमराज लम्सालले कविता वाचन गरेका थिए भने कार्यक्रमको सञ्चालन श्रेस्तेदार किरणकुमार सिंहले गरेका थिए ।

सम्बन्धित खबर