२०८१ जेठ ६, आइतवार , ०५:३०:३२ बजे

Sajhamanch
'

माता तीर्थ औशीमा शिवसताक्षीमा १०३ वर्षीय मातासहित २५ जना ज्येष्ठ आमाहरु सम्मानित

बुधवार, वैशाख २६, २०८१

शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिकाका आदिबासी ज्येष्ठ आमाहरुलाई शिवसताक्षी नगरपालिकाले सम्मान गरेको छ ।

नगरपालिकाले माता तीर्थ औंशीको अवसरमा शिवसताक्षी ६ का आदिबासी समुदायका २० जना ज्येष्ठ आमाहरुलाई खादा ओडाएर, साडी प्रदान गरेर सम्मान गरिएको हो ।

शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्की, शिवसताक्षी ६ की महिला सदस्य गोमा रिजालले ज्येष्ठ आमाहरुलाई खादा लगाइदिएर साडी तथा फलफुल प्रदान गरेका हुन् ।

आमा जननी हुन् , धर्ती हुन्, आमाको ममता अरु कोही सँग दाजिँदैन, यहाँ कयौ आमाहरु छन् । जसका लागि कोही पनि सन्तान् छैनन् । भए पनि आफुसँग छ्रैनन् । आज नगरपालिकाले त्यस्ता आमाहरुलाई सम्झिएको उपप्रमुख नरमाया कार्कीले बताइन् ।

शिवसताक्षी ६ किसान टोलका ताजपुरिया, मर्डी, राजवंशी समुदायका ज्यष्ठ आमाहरुको दुःख, शुख र समस्याहरु बुझ्दै उहाँको सु स्वास्थ्य एवम दीघार्यूको कामना गरिएको उपप्रमुख कार्कीले जानकारी दिइन् । उनले आउँदा दिनमा किसान टोलका महिला दिदीबहिनीहरुको जीवन स्तर उकास्ने खालका कार्यक्रम गर्ने प्रतिबद्धता समेत व्यक्त गरिन् ।

त्यस्तै महिला सदस्य गोमा रिजालले हामी जनप्रतिनिधीले गाउँ गाउँ गएर दुःख पीडामा परेका महिलाहरुका लागि काम गर्दै आएको बताइन् । आज हामीले किसान टोलमा आएका छौ । यहाँका महिला दिदीबहिनीको समस्या बुझ्ने मौका पाएको उनको भनाई थियो ।

किसान टोलकी रिना मर्डीले उपप्रमुख घरमै आएर हाम्रा आमाहरुको सुख,दुःख बुझ्दै सम्मान गरिदिनु भएको खुसी व्यक्त गरेको बताइन् । उनले आज मात्र होइन बेला बेलामा हाम्रो टोलमा आउन पनि आग्रह गरेकी थिइन् ।

त्यस्तै नगरउपप्रमुख कार्कीले स्थानीय १ सय वर्षीय ज्ञानी माया भण्डारीलाई घरमै गएर सम्मान गरेकी छिन् । त्यस्तै धार्मिक तथा पर्यकीय स्थल सताक्षीधाम लामो समयदेखि बस्दै आएकी १०३ वर्षीय हरिमाया मातालगायत अन्य ४ जना महिलाहरुलाई पनि सम्मान गरिएको थियो ।

सम्बन्धित खबर