२०८१ जेठ ७, सोमवार , ०५:३०:२६ बजे

Sajhamanch
'

मानव तस्करीमा संलग्न रहेको अभियोगमा कैलालीका एक जना पक्राउ

बुधवार, वैशाख २६, २०८१

काठमाडौं । प्रहरीले मानव तस्करीमा संलग्न रहेको अभियोगमा कैलालीको गौरीगङ्गा घर भई अहिले ललितपुर बस्ने तेजराम चौधरीलाई पक्राउ गरेको छ ।

चौधरीले ब्राजिल हुँदै अमेरिका पठाइदिन्छु भनेर चार जनाबाट एक करोड १८ लाख ५९ हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको उजुरीका आधारमा पक्राउ गरेको केन्द्रीय प्रहरी प्रवक्ता एवम् प्रहरी नायब महानिरीक्षक (डीआईजी) भीमप्रसाद ढकालले जानकारी दिनुभयो ।

चौधरीले पीडितलाई ब्राजिल लैजान फिलिपिन्स पुर्‍याएकामा त्यहाँको अध्यागमनले फर्काएपछि पुनः दिल्ली पुर्‍याई होटलमा बन्धक बनाएको र पीडितले ३९ लाख रुपैयाँ बुझाएपछि मुक्त गरेका प्रारम्भिक अनुसन्धानबाट खुलेको ढकालले बताउनुभयो ।

सम्बन्धित खबर