२०८१ पौष २३, मङ्गलवार , ०६:०९:१० बजे

Sajhamanch
'

कक्षा १२ को वार्षिक परीक्षा सकियो, झापाबाट १८ हजार ८७ परीक्षार्थी सहभागी

बुधवार, वैशाख २६, २०८१

कमल । राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख १४ गतेदेखि सञ्चालन गरेको कक्षा १२ को वार्षिक परीक्षा बुधवार सकिएको छ ।

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा व्यवस्थापन कार्यालय विराटनगरको कार्यक्षेत्रमा पर्ने १० जिल्लाका ७१ हजार ३६० जना विद्यार्थी सो परीक्षामा सहभागी थिए ।

कोशी प्रदेशका १० जिल्लाका २०८ वटा परीक्षा केन्द्रमा सञ्चालित परीक्षामा नियमिततर्फ ५४ हजार ७११ र आंशिकतर्फ १६ हजार ६४९ जना परीक्षार्थी सहभागी भएका राष्ट्रिय परीक्षा बोर्ड प्रदेश परीक्षा व्यवस्थापन कार्यालय विराटनगरका सूचना अधिकारी शालिग्राम दाहालले बताए ।

यसवर्षको परीक्षामा झापाका ४५ वटा परीक्षा केन्द्रबाट नियमिततर्फ १४ हजार १३२ र आंशिकतर्फ ३ हजार ९५५ गरी कूल १८ हजार ८७ जना विद्यार्थी सहभागी थिए ।

उक्त परीक्षा सहज र शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको शिक्षा विकास तथा समन्वय इकाई झापाका प्रमुख राजकुमार विकले बताए ।

जिल्लाका परीक्षा केन्द्रमध्ये कमल गाउँपालिका–३ स्थित शहीद धर्मभक्त माध्यमिक केन्द्रबाट ९ वटा विद्यालयका ३९७ जना परीक्षार्थीले परीक्षा दिएका केन्द्राध्यक्ष मधुसुदन अधिकारीले जानकारी दिए ।

सम्बन्धित खबर