
काठमाडौं । सशस्त्र प्रहरीले सुनसरीबाट एक क्विन्टल गाँजा बरामद गरेको छ।
मंगलबार राति सशस्त्र प्रहरीले बर्जु गाउँपालिका वडा नम्बर ४ स्थित हसनपुरबाट एक क्विन्टल गाँजा बरामद गरेको सशस्त्र प्रहरी बलका सह-प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण सुनसरीको प्रस्तावित सीमा सुरक्षा गुल्म कप्तानगंज बोर्डर आउट पोस्ट साहेबगंज र हर्बेनीको संयुक्त टोलीले हसनपुरमा उखुको सुकेको पत्ताले छोपेर राखेको तीन वटा बोरा फेला पारेको थियो।
बोरामा एक क्विन्टल गाँजा राखिएको थियो। बरामद गाँजा थप प्रक्रियाका लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।