२०८१ फागुन १४, बुधवार , ०१:३७:३८ बजे

Sajhamanch
'

चट्याङ लागेर नवलपरासीको सुस्तामा एक महिलाको ज्यान गयो, बझाङमा चार जना घाइते

बुधवार, वैशाख २६, २०८१

काठमाडौं । नवलपरासीको सुस्ता गाउँपालिकामा चट्याङ लागेर एक महिलाको ज्यान गएको छ । सुस्ता गाउँपालिका वडा–५ तरैनी गाउँकी २८ वर्षीया पुनम कुशवाहाको ज्यान गएको इलाका प्रहरी कार्यालय बेलाटारीले जनाएको छ । हिजो हावाहुरीसँगै परेको चट्याङ लागेर पुनमको ज्यान गएको हो ।

यस्तै बझाङको खप्तडछान्ना गाउँपालिका–७ गोरखालीमा चट्याङ लागेर चार जना घाइते भएका छन् । हिजो बेलुका आइते रावतको घरमा चट्याङ लाग्दा बेलुदेवी खड्का, लुरी खुड्का, दुदा रावत र एकिन्द्र खड्का घाइते भएका हुन् । घाइतेको गडराय स्वास्थ्य चौकीमा उपचार भैरहेको प्रहरी नायब उपरीक्षक भरत शाहले जानकारी दिनुभयो ।

सम्बन्धित खबर