
जाजरकोट । छेडागाड नगरपालिका-५ थलह बजारबाट नेपाली एक हजार दरका १८ थान नक्कली नोटसहित सोमबार बिहान एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा सोही नगरपालिका-१० काफ्ला बस्ने ३२ वर्षीया बिपना बुढा रहेकी छन् ।
इलाका प्रहरी कार्यालय बडाबनबाट खटिएको प्रहरीले उनलाई साथमा राखेको उक्त नोटसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।