काठमाडौँ । दुबई र माल्टा पठाउँछौँ भनेर ठगेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ओखलढुंगाको सिद्धिचरण गाउँपालिका–१ घर भएर बौद्ध बस्ने सूर्य थापा मगर र धादिङको ज्वालामुखी गाउँपालिका–९ घर भएकी विमला गुरुङ छन् ।
३० वर्षीय थापाले १० लाख २० हजार र ४६ वर्षीया गुरुङले ७ लाख ठगी गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी ९एसपी० रविन्द्र रेग्मीले रातोपाटीलाई बताए । थापा मगरले दुबई पठाउँछु भनेर ५ जनासँग सो रकम लिएर सम्पर्क विहीन भएका हुन् ।
गुरुङले माल्टा पठाउँछु भनेर रकम लिएकी थिइन् । उनीहरूलाई कानुनी कारवाहीका लागी वैदेशिक रोजगार विभागमा पठाइएको एसपी रेग्मीले जानकारी दिए ।