
पोखरा । गण्डकी प्रदेशमा २ जना मन्त्री थपिने भएका छन् । मुख्यमन्त्री खगराज अधिकारीले एमालेको कोटाबाट २ जना मन्त्री थप्न लागेका हुन् ।
मन्त्रालय र मन्त्रीको नाम सार्वजनिक भएको छैन । मुख्यमन्त्री कार्यालयको पत्र प्रदेश प्रमुख कार्यालयमा पुगिसकेको छ । दुवै मन्त्रीको शपथ साढे ४ बजे हुनेछ ।