२०८१ पौष २७, शनिवार , ०२:२८:२३ बजे

Sajhamanch
'

गण्डकीका मुख्यमन्त्री अधिकारीको विश्वासको मतविरुद्ध कांग्रेस आज सर्वोच्च जाने

सोमवार, वैशाख २४, २०८१

काठमाडौं। नेपाली काँग्रेस गण्डकीले गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीलाई विश्वासको मत नपुगी बहुमत घोषणा गरिएको भन्दै सर्वोच्चमा रिट हाल्ने भएको छ ।

सभामुख कृष्ण धितालले ६० सदस्यीय प्रदेशसभामा ३० सिटलाई बहुमत घोषणा गरेर अधिकारीले बहुमत प्राप्त गरेको बताएका हुन् । उनले आफूसँग पनि मत हाल्न पाउने अधिकार रहेको बताएका थिए ।

आइतबारको संसद् बैठकमा मुख्यमन्त्री अधिकारीले राखेको विश्वासको मतको प्रस्तावको पक्षमा ३० मत परेको थियो भने विपक्षमा २७ तथा २ जना तटस्थ बसेका थिए । ३१ सिट बहुमतका लागि चाहिने गण्डकीमा सभामुखले ३० लाई नै बहुमत घोषणा गरेका हुन् । कांग्रेसले उक्त घोषणा विरुद्ध आज सर्वोच्चमा रिट दायर गर्ने दलका नेता सुरेन्द्रराज पाण्डेले बताए ।

‘कानुनी र राजनीतिक दुवै हिसाबले हामी न्याय खोज्छौँ । संसदमा जे भयो, गैर संवैधानिक भयो,’ उनले भने, ‘सर्वोच्चले पहिले गरेको आदेश पनि संविधान विपरीत छ । तर हामीले मान्यौँ । अहिले उक्त गल्ती करेक्सन हुनेछ ।’ पाण्डेले मुद्दाको किनारा नलाग्दासम्म प्रदेशसभाका कुनै पनि बैठकमा सहभागी नहुने पनि बताएका छन् ।

सम्बन्धित खबर