२०८१ फागुन १४, बुधवार , ११:३६:३८ बजे

Sajhamanch
'

आजदेखि काठमाडौंका विभिन्न ठाउँमा चार घण्टा बिजुली अवरुद्ध

आइतवार, वैशाख २३, २०८१

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज आइतवारदेखि २८ गते शुक्रवारसम्म काठमाडौंका विभिन्न ठाउँमा बिजुली अवरुद्ध हुने जानकारी दिएको छ ।

कुलेश्वर वितरण केन्द्र, कीर्तिपुर वितरण केन्द्र र जोरपाटी वितरण केन्द्र अन्तर्गतका विद्युतीय वितरण लाइन भूमिगत गर्न लागिएकोले यी तीन केन्द्र अन्तर्गत विभिन्न ठाउँमा बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ ।

आज फोर्स बसपार्कबाट तेजविनायक चोकसम्म, भोलि सोमवार सोल्टीमोडबाट रविभवनसम्म, पर्सि मङ्गलवार फोर्स बसपार्कबाट तेजविनायक चोकसम्म, बुधवार छाउनी अस्पताल क्षेत्र, बिहीवार तेजविनायक चोकबाट मानटार चोकसम्मको क्षेत्र र शुक्रवार ढाल्पाक चोकबाट राराहिल चोकसम्म बिजुली कटौती हुने सूचनामा उल्लेख छ ।

सम्बन्धित खबर