
काठमाडौं । नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको पाँचौँ तथा अन्तिम टी–२० खेलमा नेपालले टस हारेको छ । कीर्तिपुर मैदानमा भइरहेको खेलमा वेस्ट इन्डिज ‘ए’ ले टस जितेर पहिला ब्याटिङ थालेको छ । अहिले नेपालले बलिङ गरिहेको छ ।
पाँच खेलको श्रृङ्खला यसअघि नै वेस्ट इन्डिज ‘ए’ ३–१ ले जितिसकेको छ । अस्ति भएको चौथो खेलमा नेपाल २८ रनले पराजित भएको थियो । पहिलो खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’ लाई चार विकेटले हराएको थियो । त्यसपछि दोस्रो खेलमा नेपाल १० रन र तेस्रो खेलमा ७६ रनले पराजित भयो ।
यो श्रृङ्खलापछि नेपाली टोली टी–२० विश्वकप खेल्न अमेरिका जानेछ । टोलीको हिजो बिदाइ गरिएको छ । नेपालले आईसीसी टी–२० विश्वकपको तयारी स्वरूप वेस्ट इन्डिज ‘ए’ सँग पाँच खेलको श्रृङ्खला खेलेको हो । अमेरिका र वेस्ट इन्डिजमा आउँदो जुनमा हुने टी–२० विश्वकपका लागि राष्ट्रिय टोली दुई चरणमा भोलि फ्लोरिडा जाने तालिका छ ।
टी–२० विश्वकपमा नेपाल समूह ‘डी’ मा छ । यो समूहमा दक्षिण अफ्रिका, श्रीलङ्का, बङ्गलादेश र नेदरल्यान्ड्स रहेका छन् ।