२०८१ जेठ ४, शुक्रवार , १०:४८:२३ बजे

Sajhamanch
'

सरकारका काम कारबाहीबारे जनताले थाहा पाउनुपर्छ : राष्ट्रपति पौडेल

शनिवार, वैशाख २२, २०८१

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रप्रति जनताको भरोसा जागृत गराउने उपयुक्त औजार सूचनाको हक भएको भन्दै नागरिक सुसूचित हुनु पर्ने बताएका छन् ।

राष्ट्रिय सूचना आयोगको १७औं स्थापना दिवसका अवसरमा राष्ट्रपति भवन शीतल निवासमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले गरेका काम, कारबाहीबारे जनताले थाहा पाउनु पर्ने बताए ।जनताले आफूले तिरेको कर कँहा, कसरी खर्च भैरहेको छ भनेर जान्न पाउने उनीहरूको स्वभाविक हक भएको उनको भनाइ छ ।

उनले लोकतन्त्रको संस्थागत विकास, सुशासन प्रवर्धन तथा विकास निर्माणमा जनताको अर्थपूर्ण सहभागिताका लागि सूचनाको हकको कार्यान्वयन थप प्रभावकारी बनाउनुपर्नेमा उनले जोड दिए ।सूचनाको हकले नागरिकको सशक्तीकरण मात्र नभई सरकारलगायत सबै सार्वजनिक निकायलाई जिम्मेवार पनि बनाउने बताए ।

उनले कानून कार्यान्वयन भएको यो अवधिमा आयोग तथा सूचनाको हकका अभियन्ताहरूको अथक मेहनत र सार्वजनिक निकायका पदाधिकारी तथा कर्मचारीहरूको आफूलाई रुपान्तरण गर्दै लैजाने सोचबाट यसको कार्यान्वयनमा सन्तोषजनक अवस्था देखिए पनि संविधान र कानूनले राखेको पवित्र उद्देश्य पूरा हुने अवस्था अझै नबनेको बताए ।

सम्बन्धित खबर